एक करोड मूल्य वरावरको गहना चोरी गर्ने एक महिला चार पक्राउ

Read Time:1 Minute, 26 Second

रौतहट, १३ मङ्सिर 

सुन चोरी गरेर फरार रहेकी एक महिलासहित अन्य चारजनालाई रौतहटको चन्द्रनिगाहपुरबाट आइतबार प्रहरीले १३ तोला सुनसहित पक्राउ गरेको  छ ।

असोज २९ गते काठमाडौँको गणबहालका कृष्ण अग्रवालको घरमा काम गर्ने रौतहट चन्द्रनिगाहपुर–४ गैँडाटारकी माया लामा एक करोड मूल्य बराबरको सुन, हीराको गहना चोरी गरी फरार भएकोमा काठमाडौँस्थित हनुमानढोकाबाट खटिएको प्रहरी निरीक्षक कृष्ण खड्काको विशेष टोलीले माया लामा र तिनका श्रीमान् हरिमान लामा र चन्द्रनिगाहपुरका सुन पसलेहरु रिमलाल सुनार, धनलाल सुनार र प्रदीप सुनारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गौतम मिश्रले जनाकारी दिए  ।

    माया लामाको घरबाट प्रहरीले १३ तोला सुनसमेत बरामद गरेको छ ।

अन्यलाई चोरीको सुन किनबेच गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई काठमाडौँमा लगिएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %