विस्तारित वैठकपछि माओवादी एकढिक्का भएको छ : उपाध्यक्ष डा भट्टराई

Read Time:1 Minute, 44 Second

    गोरखा (लिगलिगकोट), १२ मङ्सिर । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले छैटौँ विस्तारित बैठकबाट आफ्नो पार्टी झन् एकढिक्का भएको बताएका  छन् ।

    शाहवंशीय राज्यसत्ताको स्थापना भएको गोरखाको आँपपिपल गाविसमा पर्ने ऐतिहासिक गढी लिगलिगकोटमा उनले भने– “विस्तारित बैठकबाट म राजनीतिक जीवनमा पहिलोचोटी निकै उत्साहित भएको छु । यस बैठकमा खुल्ला वैचारिक प्रतिस्पर्धा भएको छ ।”

    सहमति हुन नसकेका सैद्धान्तिक विषयहरुलाई महाधिवेशनसम्म लगेर छिनोफानो लगाइने बताउँदै उपाध्यक्ष भट्टराईले अन्य विषयमा आफ्नो पार्टीमा एउटै बुझाइ छ भने  ।

    उनले शान्त प्रक्रिया टुङ्गोमा पु¥याउन र संविधान लेखन कार्य सम्पन्न हुन नदिन षड्यन्त्र भए लाखौँलाख जनतालाई सडकमा उतार्ने चेतावनी दिए ।

    पहिलोचोटी लिगलिगकोट पुग्नुभएका उपाध्यक्ष डा भट्टराईले अबको राजनीतिक दौडको नाममा छलछाम गरेर राजा बन्ने जस्तो नभई एक्काइसौँ शताब्दीको वैचारिक प्रतिस्पर्धाको आधारमा हुनुपर्नेमा जोड दिए  ।

    उनले आफूलाई भारतसँग जोडेर विभिन्न आरोप लगाइए पनि विस्तारित बैठकबाट ती आरोपहरु समाप्त भएको प्रष्ट पारे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %