राप्रपा नेपालद्धारा संविधानसभा र व्यवस्थापिका–संसद् विघटनको माग

Read Time:1 Minute, 15 Second

काठमाडौँ, १२ मङ्सिर 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा अघि सारेको छ ।

    उक्त दलको आजदेखि ललितपुरमा सुरु भएको दुईदिने केन्द्रीय कार्यसमितिको बैठकले संविधान बनाउन नसक्ने संविधानसभा र बारम्बार निर्वाचन गरेर पनि प्रधानमन्त्री चयन गर्न नसक्ने व्यवस्थापिका संसद्को औचित्य नभएकाले दुवैलाई विगठन गरी ताजा जनादेशका लागि जनदबाब सिर्जना गराउन कार्यदिशा तय गर्ने भएको छ ।

    बैठकमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र विभिन्न भातृ सङ्गठनका प्रतिनिधिले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख तथा सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %