भाषिक सम्मेलन सम्पन्न

Read Time:1 Minute, 56 Second

 

 कीर्तिपुर, १२ मङ्सिर ।
भाषाविज्ञान समाज नेपालको आयोजनामा आयोजित दुई दिवसीय भाषिक सम्मेलन सम्पन्न भएको छ । नेपालमा धेरै भाषाहरु संरक्षणकै अभावमा लोपोन्मुख अवस्थामा पुगेकाृ र सम्मेलनबाट लोपोन्मुख भाषाहरुको संरक्षण सम्वद्र्धन र अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने भाषा विद्हरुले औत्याए   । भाषा साहित्यको खोज अनुसन्धानलाई  प्रज्ञा प्रतिष्ठानले उच्च प्राथमिकताका प्रदान गरिरहेकोमा जोड दिँदै कुलपति बैरागी काइ‘लाले भाषाको अध्ययन अनुसन्धान कार्यमा निरन्तरता दिइनु आवश्यक भएको बताए  ।

नेपालभित्र विभिन्न भाषाहरु प्रचलनमा रहेकोमा जोड दिँदै त्रिभुवन  विश्वविद्यालयका रजिष्ट्रार प्रा डा भीमराज अधिकारीले भाषाहरुका सम्बन्धमा भइरहेको अनुसन्धान कार्यलाई अघि बढाउने सन्दर्भमा सम्मेलन अत्यन्त उपयोगी हुन सक्नेमा जोड दिए । विभिन्न जातजातीका भाषाको अवस्था र ब्यवहारिक कठिनाइसम्वधी विभिन्न ५३ वटा कार्यपत्र सम्मेलनमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल वाहेक भारत अमेरिका समेतका भाषा वैज्ञानिकहरुको सहभागिता रहेको थियो ।
अन्य मुलुकका भाषागत समस्या र समाधानका उपायमा विभिन्न्न मुलुकका भाषाविद्हरुले आ–आपना अनुभव सुनाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %