प्रहरीद्धारा वाइसिएल शिविरमा छापा , ७ जना नियन्त्रणमा

Read Time:1 Minute, 11 Second

काठमाडौँ, १२ मङ्सिर 

प्रहरीले आज बालुवाटार टँुडालदेवीस्थित वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

    महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार विभिन्न व्यक्तिलाई सो शिविरमा लगी बन्धक बनाउने र आर्थिक लेनदेनसम्बन्धी कागज गराउने गरिएको भन्ने पीडितहरुको उजुरीका आधारमा त्यहाँ छापा मारिएको हो ।

यस विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच चक्कु प्रहार गरी हत्या गर्ने अभियुक्तलाई प्रहरीले शनिबार प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भई हाल गोङ्गबुमा बस्दै आएका वर्ष २१ का रमेश गुरुङ र सचिन परियार रहेका छन् ।  

प्रहरीको अनुसार ती अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखी आवश्यक अनुसन्धान भइरहेको छ  रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %