प्रमुख सचेतकद्वयद्वारा संसद्को अधिवेशन डाक्न माग

काठमाडौँ, १२ मङ्सिर ।

व्यवस्थापिका–संसद्को अधिवेशन शीघ्र डाक्न पहलकदमी लिन प्रमुख दुई शीर्ष पार्टीका प्रमुख सचेतकहरुले सभामुखसँग आग्रह गरेकाछन्  ।

    सभामुख सुवासचन्द्र नेम्बाङसँग आज अपराह्न नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे र एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतक पोष्टबहादुर बोगटीले भेट गरी सो आग्रह गरेका हुन्  ।

    भेटपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँहरुले व्यवस्थापिका संसद्को अधिवेशन शीघ्र बोलाउन सभामुखसँग माग गरेको बताए ।

    प्रमुख सचेतक घिमिरेले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न छिटोभन्दा छिटो संसद्को अधिवेशन बोलाउन सभामुखबाट विशेष पहल होस् भन्ने आग्रह गरिएको जानकारी दिए  ।

    अर्का प्रमुख सचेतक बोगटीले पनि मुलुकले सामना गरिरहेको संकट हल गर्न संसद्को अधिवेशन अपरिहार्य रहेको बताए  । रासस