माओवादी लचिलो बन्नुपर्छ : शान्ति मन्त्री चेम्जोङ

Read Time:1 Minute, 39 Second

धुन्चे (रसुवा), ११ मङ्सिर 

शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले दलगत आस्था जतासुकै भए पनि देशमा दिगो शान्ति ल्याउन सबै सचेत नागरिक एकजुट हुनुपर्ने बताएकाछन्  ।

    आज बिहान चिलिमे जलविद्युत गृहको निरीक्षणपश्चात् स्याफ्रुवेंसीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री चेम्जोङले जनचाहनाअनुरुप देशमा शान्ति पुनर्वहालीका लागि एकीकृत नेकपा (माओवादी) गम्भीर हुनुपर्ने बताए  ।

    देशको सबैभन्दा ठूलो दलको रुपमा स्थापित भइसकेको माओवादी सँधैभरि लडाकूको आडमा सैन्यवादी सोच राखी काम गरिरहेको उल्लेख गर्दै मन्त्री चेम्जोङले शिविरमा रहेका लडाकू पुनःस्थापना नभएसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने हुँदा सेना समायोजन र शान्ति प्रक्रियाको मुद्दामा माओवादी लचिलोरुपले प्रस्तुत हुनुपर्छ भने  ।

    शान्ति प्रक्रिया तार्किक निष्कर्षमा  पु¥याइ भयरहित वातावरणमा आम नेपालीको जिउन पाउने अधिकार सुनिश्चित गर्न सरकार हदैसम्म लचिलो रहेको बताउँदै उनले लडाकूको व्यवस्थापन नभएसम्म अनमिन फर्काउन नमिल्ने प्रष्ट पारे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %