माओवादीलाई सत्ता वियोगको पीडा : सिटौला

Read Time:1 Minute, 40 Second

काठमाडौँ, ११ मङ्सिर 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एनेकपा माओवादीको पालुङटारको विस्तारित बैठकबाट कुनै नयाँ कुरा नआउने बताएका छन ।

    उनले अरुका अगाडि नयाँ कुरा गर्ने माओवादी आफै भने माक्र्स, लेनिन र माओको पुरानै जडसूत्र र यथास्थितिवादको भासमा फसेको बताए  ।

    नेपाल प्रेस युनियन काठमाडौँको छैठौ अधिवेशनको आज यहाँ उदघाट्न गर्दे नेता सिटौलाले बन्दुक, सर्वसत्तावाद र एकदलीय चिन्तनबाट माओवादी मुक्त भएर लोकतन्त्र, शान्ति र संविधानको काम पूरा गर्न सहमति, एकता र मेलमिलापको बाटोमा आउनुपर्नेमा जोड दिए ।

    आफ्नै कारणले सत्ता छोडेको माओवादीमा अहिले सत्तावियोगको पीडा र क्रन्दन देखिएको भन्दै नेता सिटौलाले बन्दुकको नाल, हिंसा र त्रास रहँदासम्म संविधान लेख्न नसकिने बताए  ।

    वरिष्ठ पत्रकार हरिहर विरहीले एकदलीय चिन्तन र सर्वसत्तावादको बाटो छोडेर लोकतन्त्र र शान्तिको बाटोमा जान सके मात्र प्रेस स्वतन्त्रता र अधिकार पनि सुरक्षित हुन सक्ने हुँदा त्यसतर्फ कलम चलाउन पत्रकारहरूलाई अनुरोध गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %