ब्राउन सुगरसहित तीन पक्राउ

सुर्खेत, ११ मङ्सिर । सुर्खेतको छिञ्चुबाट ५३ पुडिया ब्राउन सुगरसहित शुक्रबार प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रहारे गाउँ विकास समिति–८ बोटेचौरका गोपालसिंह ठकुरी, रमेश वली र खगेन्द्र विक छन् ।

    भारतको रुपैडिया नाकाबाट भित्र्याइएको ब्राउनसुगर लुकाइछिपाई बोटेचौरतिर लैजान लागिएका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %