प्रहरी र प्रदर्शनकारीबीच झडप, एक दर्जन घाइते, यातायात ठप्प

Read Time:2 Minute, 12 Second

चितवन (रत्ननगर), ११ मङ्सिर 

चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

    झडपमा परी एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरी हिरासतमा रहस्यमय रुपमा मृत्यु भएका पूर्वी चितवन  जयमङ्गलाका सोमबहादुर दराईको मृत्युको विषयमा स्थानीयवासीले अहिले चितवन रत्ननगरको वकुलहरमा सडक अवरुद्ध पारेपछि सडक खुलाउने क्रममा आज दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

    झडपमा परी घाइते हुनेमा मृतक दराइकी श्रमिती गङ्गा दराई, बुबा मगरा दराई, छोरी सुनिता, गीता , वुनु दराई, सूर्य वराल, सूर्यनाथ ढुङ्गाना, प्रेम थापा र प्रेम विक, रोशन लामालगायत घाइते भएको सङ्घर्ष समितिले जनएको छ ।

    घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । यता प्रहरीले भने चारजना सामान्य घाइते भएको जनाएको छ ।

    मध्याह्न  १२ बजेदेखि १  बजेसम्म चक्काजाम गर्ने पूर्व निर्धारित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले अहिले सडक बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।

    दराईको मृत्यु नभई हत्या गरिएको आरोपमा उनीहरूले दोषीमाथि कडा कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेर सडक बन्द गरेका हुन् ।  

    सोमबहादुर दराई घटना पीडित सङ्घर्ष समितिको अगुवाइमा भएको बन्दका कारण अहिले हेटौंडा–नारायणगढ सडकखण्ड ठप्प भएको छ ।

    दराईको गत असोज छ गते इलाका प्रहरी कार्यालय वकुलहरमा मृत्यु भएको थियो । सो घटनाको विरोधमा स्थानियवासीले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %