दुर्घटनाहरुमा २ को मृत्यू , आधा दर्जन घाइते

Read Time:1 Minute, 57 Second

मोरङ ,११ मंसिर
 पूर्वका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुइ जनाको ज्यान गएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत सुनसरीको हाँसपोसा–२ स्थित पानिपियामा शनिवार मध्यान्ह भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । यस्तै इलामको सोयाङ–५ मा शुक्रबार राती ट्याक्टर पल्टिदा एक जनाको ज्यान गएको छ । यता धनकुटा ६ मा एउटा जिप सडकबाट तल खस्दा दुइ जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत सुनसरीको पानिपियामा धरानबाट विराटनगर आउँदै गरेको को १ ख २८०१ न्ांम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को ८ प ७३५ नंम्बरको मोेटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ झोराहाटका फणिन्द्र लुईटेलको मृत्यू भएको हो । बसको ठक्करवाट गम्भिर घाइते लुईटेलको उपचारकालागी धरान लैजाँदै गर्दा वाटोमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा थप तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।

उता इलामको सोयाङ–५ मा ट्याक्टर पल्टिदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । बिब्ल्याटेबाट सोयाङ तर्फ जादै गरेको मे १ त २०४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरले थिचेर सहचालक साङ्रुम्बाका १७ वर्षीय मनोज राईको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %