अन्तर्राष्ट्रिय हात्तीपोलो चितवनमै फर्कियो

Read Time:1 Minute, 33 Second

चितवन (रत्ननगर), ११ मङ्सिर । विश्वमै चर्चित अन्तर्राष्ट्रिय हात्तीपोलो खेल पुनः चितवनमा नै फर्किने भएको छ ।

    गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलहरू सञ्चालन हुने या नहुने भन्नेमा विवाद भएकाले खेल बर्दिया सरेको थियो ।

    अन्तर्राट्रिय हात्तीपोलो एसोसिएसन र टाइगर टप्स होटल चितवनको संयुक्त आयोजनामा हुने खेल चितवनको पर्यटकीय क्षेत्र  मेघौलीमा हुने भएको छ ।

    २९ औँ खेल यही मङ्सिर १३ गतेदेखि मेघौलीको एयरपोर्टमा हुने टाइगर टप्स होटलका म्यानेजर रामसिंह गुरुङले जानकारी दिए ।

    प्रतियोगितामा नेपालको नेसनलपार्क, टाइगर टप्स टस्कर आइसल्यान्ड, बेलायतका पुक्का चक्का र व्रिटिस गोर्खाज, स्विजरल्यान्डको इएफजी, स्कटल्यान्डको सिभास रिगल, युएइको सिपोज र अफगानिस्तानको गरी आठवटा टिमले भाग लिने भएका छन् ।

    सन् १९८१ देखि सुरु भएको खेलले चितवनको मेघौलीमा पर्यटन प्रवद्र्धनमा निक्कै सघाउ पुग्दै आएको व्यवसायीहरूले बताएका छन् ।

हात्तीपोलो खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %