राष्ट्रपति यादवद्धारा उच्चस्तरीय राजनीतिक परार्मश गदै

Read Time:2 Minute, 21 Second

    काठमाडौँ, १० मङ्सिर । राष्ट्रपति डा रामवरण यादवले आज बिहान मुलुकको वर्तमान राजनीतिक गतिरोधबारे उच्चस्तरीय राजनीतिक छलफल गरेका छन ।

    राष्ट्रपति भवन, शीतलनिवासमा उहाँले नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालसँग राजनीतिक परामर्श गरेका हुन्  ।

    भेटपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति कोइरालाले आपूmहरुबीच चाँडै संसद्को अधिवेशन बोलाउने र प्रधानमन्त्री पदको चुनावको प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए  ।

    उनले शान्ति स्थापना र संविधान निर्माणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन दलहरुबीच एकता र सहकार्य आवश्यक रहेको विषयमा पनि राष्ट्रपतिसँग कुराकानी भएको बताए  ।

    माओवादीले विगतको सम्झौतालाई मनन गर्नुपर्ने आपूmहरुबीच छलफल भएको सभापति कोइरालाले चर्चा गरे  ।

    त्यस्तै भेटपछि पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष खनालले वर्तमान राजनीतिक गतिरोधबारे राष्ट्रपति डा यादवले चिन्ता र चासो व्यक्त गरेको  बताए  ।

    उनले आफ्नो भेटमा राष्ट्रपतिसँग संसद्को अधिवेशन सुरु गरेर वर्तमान अवस्थाको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    अध्यक्ष खनालले भेटमा सबै दल मिल्नुको विकल्प नभएको र छ महिनाभित्रको छोटो समयमा शान्ति स्थापना र संविधान निर्माण प्रक्रियाले पूर्णता पाउनुपर्ने चुनौतीको विषयमा छलफल भएको चर्चा गरे  ।

    उनले संसद्मा हाल भएको घटनापछि दलहरुबीच दूरी बढेको सम्बन्धमा सबै मिलेर चाँडै सो समस्याको समाधान खोजेर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विषयमा पनि छलफल भएको जानकारी दिए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %