माओवादीको एउटै राजनीतिक प्रतिवेदन आउने

Read Time:1 Minute, 55 Second

गोरखा (पालुङ्टार), १० मङ्सिर । एकीकृत नेकपा (माओवादी) स्थायी समितिको बैठकले एउटै राजनीतिक प्रतिवेदन तयार गर्र्ने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छैटौँ विस्तारित बैठकमा प्रस्तुत तीनवटै प्रस्तावमाथि आएका सुझावलाई समेटेर लिखित छुट्टै प्रतिवेदन आजै पेस गर्ने सहमति भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए  ।

    अब केहीबेरपछि सुरु हुने बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईले आ–आफ्नो प्रस्तावमाथि उठाइएको जिज्ञासाको स्पष्टीकरण दिएपछि अध्यक्ष प्रचण्डले छुट्टै प्रतिवेदन प्रस्तुत हुनेछ ।

    स्थायी समितिको बैठकमा छलफलको मुख्य मुद्दा रहेको प्रधान दुश्मन कसलाई मान्ने भन्नेबारेमा छलफल भए पनि किटानी नभइसकेको बताउँदै प्रवक्ता शर्माले भने – ‘यो कुराको निक्र्योल सभाहलबाट पास भएपछि मात्र गरिनेछ ।’

    यसैगरी बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याई नयाँ संविधान लेखन कार्य पूरा गर्न सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ ।

    बैठकमा केही स्थायी समिति सदस्यले महाधिवेशनको मिति तोक्न माग गरे पनि त्यसबारे कुनै निर्णय नभएको उहाँले जानकारी दिए  ।

    प्रवक्ता शर्माका अनुसार विस्तारित बैठक भोलि बेलुकासम्म जारी हुनेछ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %