भ्रमण बर्षमा बुद्ध मावली उपेक्षित

Read Time:3 Minute, 23 Second

देवदह,रुपन्देही
 
पर्यटन वर्ष २०११का लागि देशभरका विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन भैरहँदा  बुद्धको मावली एेतिहासिक महत्व बोकेको देवदह क्षेत्र भने सुनसान देखिएको छ । स्थानिय राजनैतिक दल र सामाजिक अगुवाहरुको गैरजिम्मेवारीका कारण भ्रमणबर्षको अवसरमा समेत कुनै कार्यक्रम हुन नसकेको स्थानियवासीको गुनासो छ । देशका कुना– कुनामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन प्रयास भैरहँदा प्राचिन ईतिहास बोकेको देवदह क्षेत्रमा केही कार्यक्रम हुन नसक्नु लज्जास्पद भएको स्थानिय महामाया भवानी उच्च मा।वि।का शिक्षक लिलावल्लभ भट्टराई बताउँछन । उनी भन्छन–“यो समाजको अगुवा बन्न चाहनेहरुले नयाँ कार्यक्रम तय गर्न नसक्दाको परिणाम हो ।”

बुद्ध मावलीमा रहेको सयौं बर्ष पुरानो रुख

देवदहका सामाजिक अगुवाहरुमा पद र प्रतिष्ठाको निम्ति हानथाप गर्ने प्रवति रहेको तर सकारात्मक काम गर्ने क्षमता भने नभएको स्थानियवासीको टिप्पणी रहेको छ । सामाजिक जिम्मेवारीलाई पुरा गर्ने प्रवृतिको कमीले देवदह क्षेत्रको विकाशमा समेत प्रभाव परेको देवदह ५ निवासी नारायण दुवे बताउँछन । सरोकारवालाहरु जुँगाको लडाईमा लिप्त भएकाले देवदहको उन्नति हुन नसकेको उनको अनुभव छ । त्यसै गरि भ्रमणबर्षको अवसरमा केही कार्यक्रम हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको  ज्योती महिला समुह केरवानी – ६,की सदस्य रनमाया सारु बताउछिन
पत्रकार तिलोचन दहाल भन्छन्, ुराजनैतिक दल र सामाजिक अगुवाहरुको अदुरदर्शीताका कारण ठुलो अवसरबाट देवदह क्षेत्र वञ्चीत हुन पर्यो ।  । दाहालकानुसार भ्रमणबर्षको अवसरमा देवदहको पहिचान र चिनारीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा पु¥याउन सकिन्थ्यो । देवदहको विकाशमा आफु लागे पनि स्थानियस्तरबाट खासै सहयोग नपाएको गुनासो गर्छन पत्रकार तथा दोश्रो देवदह महोत्सवका संयोजक भिम गरुङ्ग । उनी भन्छन –“दोश्रो देवदह महोत्सव भव्य रुपमा सम्पन्न गरियो । त्यस पछि भने एउटा पनि अभियान सञ्चालन भएन ।“
देवदहका नाममा गठित संघसस्थाहरुको लर्को पनि लामै छ । तर तिनीहरुले  पनि यस अवसरलाई प्रयोग गर्न  चाहेनन । देवदहलाई भ्रमणको गन्तव्य बनाउन प्रशस्त आधार भए पनि त्यसको उपयोगितामा कसैको ध्यान जान नसक्नु दुखद विषय बनेको स्थानीयवासीको ठहर छ ।
गोविन्द घर्ती
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %