भाषिक सम्मेलन सुरु

Read Time:1 Minute, 44 Second

कीर्तिपुर, १० मङ्सिर 

भाषाविज्ञान समाज नेपालको आयोजनामा आयोजित दुई दिवसीय भाषिक सम्मेलन आजदेखि कीर्तिपुरमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइ‘लाले नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण तथा सम्वद्र्धन गर्नु आजको प्रमुख आवश्यकता भएको आँैल्याए ।

नेपालमा धेरै भाषाहरु संरक्षणकै अभावमा लोपोन्मुख अवस्थामा पुग्नु अत्यन्त दुःखद कुरा भएकोमा जोड दिँदै उनले यस सम्मेलनबाट लोपोन्मुख भाषाहरुको संरक्षण सम्वद्र्धन र अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण सफलता मिल्ने विश्वास लिएको बताए । भाषा साहित्यको खोज अनुसन्धानलाई प्रज्ञा प्रतिष्ठानले उच्च प्राथमिकताका प्रदान गरिरहेकोमा जोड दिँदै कुलपति बैरागी काइ‘लाले भाषाको अध्ययन अनुसन्धान कार्यमा निरन्तरता दिइनु आवश्यक भएको बताए ।

नेपालभित्र विभिन्न भाषाहरु प्रचलनमा रहेकोमा जोड दिँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा डा भीमराज अधिकारीले भाषाहरुका सम्बन्धमा भइरहेको अनुसन्धान कार्यलाई अघि बढाउने सन्दर्भमा सम्मेलन अत्यन्त उपयोगी हुन सक्नेमा जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %