बस दुर्घटना हुँदा १ को मृत्यू, ७ जना घाईते

Read Time:1 Minute, 6 Second

 लमजुङ, १०  मंसिर
तनहुँको भानु गाविस ८ तुरतुरेमा आज विहान मिनि वस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।
दुर्घटनामा परेर तनुहँ पुर्कोट गाविस ७ अर्गौँलेटारका १४ बर्षिय कृष्ण विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । विहान पौने १० बजे भएको दुर्घटनामा परेर ७ जना घाईते भएकाछन् । १ को अवस्था गम्भीर छ ।
घाईते सवैको तुरतुरेस्थित गोरखा सामुदायिक पोलिक्लिनिकमा उपचार भईरहेको छ ।
लमजुङ सदरमुकाम वेसीशहरवाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको ना ३ ख ७२२१ नम्बरको बस तुरतुरे बजारको सडकमै पल्टिएर दुर्घटना भएको हो । सडकमा आएको कुखुरालाई जोगाउने क्रममा बस पल्टिएको ईलाका प्रहरी

कार्यालय भानुका प्रहरी ईन्चार्ज रेशम रेग्मीले जानकारी दिएकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %