प्रहरी कार्यालय अगाडि नै आठ लाखको मोबाइल चोरी

लमजुङ, १० मङ्सिर

लमजुङ सदरमुकाम बेसीसहरस्थित नारायणस्थान चोकमा रहेको एक पसलबाट रु आठ लाख बराबरको मोबाइल चोरी भएको छ  ।

ज्योतिकुमार पियाको घरमा रहेको राम बस्नेतको पसलबाट दुईसय थान विभिन्न कम्पनीका मोबाइल गएराति चोरी भएको हो ।

सटरलाई बङ्ग्याएरभित्र पसेर चोरी गरेको अनुमान प्रहरीले गरेको छ । चोरी भएको पसल जिल्ला प्रहरी कार्यालयबाट झन्डै एक सय मिटरको दूरीमा पर्दछ ।

बिहान पसल खोल्नेक्रममा मात्र चोरी भएको थाहा भएको पसल सञ्चालक राम बस्नेतले जानकारी दिनुभयो ।

बाहिर निस्कने ठाउँ साँघुरो भएकाले अन्य सामान भने चोरले लैजान नसकेको समेत बस्नेतले बताएका छन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %