पालुड.टारमा जाने लडाकु समायोजनका लागि अयोग्य’:महामन्त्री सींह

Read Time:1 Minute, 55 Second

१० मंसीर , रुपन्देही
 नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादीबाट विस्तृत शान्ति सम्झौता उल्लंघन भएको आरोप लगाएकाछन् । नेपाल प्रेस यूनियन नवलपरासीद्धारा आज कावासोतिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्रि सिंहले सो आरोप लगाएकाहुन् । महामन्त्रि सिंहले माओवादीलाई अहिलेको अवस्थामा ल्याएको काँग्रेसलाई माओवादीले सौतेनी व्यवहार गरेको बताए । मुलुकमा शान्ति र संविधान धरापमा परेको बताउदै उनले  माओवादीका कारण मुलुक  खाडलमा पर्दै जान थालेको बताए । उनले भने, ‘प्याकेजमा सहमति नगरेर अघि बढ्ने हो भने मुलुकमा थप भयावह र अशान्ति छाउने छ ।’

नेपाली काँग्रेसको प्रधानमन्त्रिको उमेद्वारी कायमै रहेको तर्क प्रस्तुत गर्दै महामन्त्रि सिंहले चाँडै संसद बोलाएर उम्मेदवारीको बारेमा टुंगो लगाउन आग्रह गरे । उनले एकिकृत माओवादीका लडाकु विस्तारित बैठकमा गएर शान्ति सम्झौताको गम्भीर उल्लंघन गरेकाले ती लडाकुहरु अब समायोजनका लागि योग्य नभएको बताए । महामन्त्री सिंहले शान्ति प्रक्रिया, सत्ता साझेदारी र संविधान निर्माण प्रक्रिया मा प्याकेजमा सहमति भएमात्र राजनीतिक गतिरोध अन्त्य हुने विचार व्यक्त गरे ।

गोविन्द घर्ति 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %