१० लाख वढीको अवैध सामान सीमामा प्रक्राउ

    विराटनगर, ९ मङ्सिर 

विभिन्न सुरक्षा निकायले कात्तिक महिनाभित्र अवैध रूपमा भारत भन्सार छलेर ल्याएका रु १० लाख ८६ हजारभन्दा बढीको सामान बरामद गरेका छन् ।

    चोरीपैठारी नियन्त्रण गर्न राखिएको भन्सार राजस्व गस्ती टोली विराटनगरले रु ६ लाख ३१ हजार ८००, सशस्त्र प्रहरी एकाइले रु चार लाख २६ हजार ९००, नेपाली प्रहरीले रु २२ हजार ८०० र भन्सार कर्मचारीले रु चार हजार ५०० मूल्य बराबरको सामान बरामद गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएका थिए ।
    यसरी पक्राउ गरिएको सामानहरूमध्ये रु १० लाख १२ हजारको सामान कात्तिक महिनामा भन्सार कार्यालय रानीले लिलाम गरेको थियो । रासस