सात दल मिलेर लोकतान्त्रिक गठनवन्धन निर्माण

Read Time:2 Minute, 51 Second

काठमाडौँ, ९ मङ्सिर 

सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, सामाजिक न्यायका पक्षधर संविधानसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले संविधानसभाद्वारा नयाँ संविधानको निर्माण गरी प्रगतिशील तथा समतामूलक समाज निर्माण गर्ने उद्देश्यसहित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरेका छन् ।

    नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत), नेकपा (माले–समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाली जनता दलले आज गठबन्धनको आधारपत्र जारी गर्दै देशको राजनीतिक दिशाहीनता र गतिरोधको अवस्थाबाट निकास निकालेर अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा संविधानसभा मार्फत देशको नयाँ संविधान निर्माण गर्ने, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने एवम् सङ्क्रमणकालमा सुरक्षा तथा सुशासनको बहाली गर्दै समृद्ध नयाँ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको पक्षधरहरूले साझा नीति र कार्यक्रमिक योजनाहरूका साथ सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
    ‘सबल स्थायी सरकार र राजनीतिक स्थिरता दिन माओवादी नेतृत्वको दुई तिहाइको सरकार पनि सफल नरहेको परिप्रेक्ष्यमा र अहिलेको कामचलाउ सरकार संसद् व्यवस्थापिका र विपक्षीहरूप्रति षडयन्त्र र दमनको नीति अख्तियार गर्दै माओवादी सशस्त्र सङ्घर्ष, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, महिला आन्दोलन र दलित आन्दोलनका उपलब्धिहरूलाई कमजोर पार्दै लोकतन्त्र र अन्तरिम संविधानलाई नै समाप्त पार्ने दिशामा क्रियाशील देखिएको अवस्थामा ठूला दलहरूद्वारा गरिएका गतिविधि र भूमिकाका कारण आम नेपालीमा राजनीतिक पार्टी र संविधानसभाप्रति नै अविश्वास र वितृष्णा उत्पन्न हुने परिस्थिति उत्पन्न हुँदै गइराखेको छ’– गठबन्धनको आधारपत्रमा भनिएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %