सातौं दक्षिण एसियाली महिला पुरुष सेभेन–ए–साइड फुटबल प्रतियोगिता पुरुषतर्फ नेपाल र महिलातर्फ भारतलाई उपाधि

Read Time:6 Minute, 33 Second

दिनानाथ वराल
 
पोखरा,८ मङ्सिर

पुरुषतर्फ नेपाल र महिलातर्फ भारतले पोखरा रङ्गशालामा सञ्चालित सातौं दक्षिण एसियाली महिला पुरुष सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन ।
नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घको आयोजनामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा बङ्गलादेशलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै एक हजार अमेरिकी डलरसहितको उपाधि जित्न सफल भएको हो।नेपाली टीमको जीतमा पुष्प क्षत्री र टीम क्याप्टेन राजेन्द्र तामाङले एक–एक गोल गरेका थिए। पहिलो हाफको १२ मिनेटमा सुनिल विकको क्रसमा पुष्पले सेकेण्डबारमा हेड गोल गरेका थिए। पहिलो हाफको १८ मिनेटमा बङ्गलादेशका मिलचन्द्र ब्रम्हनले हानेको शक्तिशाली प्रहारलाई नेपाली टीमका दीपेन्द्र तामाङले गोललाइन नजिकबाट क्लियर गर्दै बराबरी गोल हुनबाट जोगाएका थिए ।
उपविजेतामा चित्त बुझाएको बङ्गलादेशले पाँच सय अमेरिकी डलर प्राप्त ग¥यो। पहिलो हाफमा एक गोलले अगाडि रहेको नेपालको तर्फको दोस्रो हाफको अन्तमा दीपेन्द्र तामाङको पासमा टीम क्याप्टेन राजेन्द्र तामाङले गोल गर्दै टीमको जीतमा सुनिश्चितता प्रदान गरेका थिए। यी दुवै टीमबीच लिगचरणको पहिलो खेलमा पनि प्रतिस्पर्धा गरेका थिए। सो खेलमा पनि नेपाली टीमले बङ्गलादेशलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको थियो। त्यसमा पनि पुष्प र राजेन्द्रले गोल गरेका थिए ।
महिलातर्फको फाइनल खेलमा भारतीय टीमले नेपाली टीमलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो। निर्धारित २५–२५ मिनेट तथा थप पाँच–पाँच मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुङ्गिएको थियो। टाइब्रेकरमा नेपाली टीमको रजनी गुरुङले मात्र गोल गरेकी थिइन् भने अन्य खेलाडी कविता केसी, मनिता हमाल, रञ्जना लामाका प्रहार भारतीय गोलकिपर नेहाले असफल पारेकी थिइन्।
भारतीय टीमको तर्फबाट मधुकुमारी, गोलकिपर नेहा र दीपशिखाको प्रहार गोलमा परिणत भएको थियो भने सपनाकुमारीको प्रहार सेकेण्डबार हुँदै बाहिरियो भने मधुमिता सिन्हाको प्रहार नेपाली टीमकी गोलकिपर एलिसा लामिछानेले सेभ गरेकी थिइन्।पराजित टीम नेपालले तीन सय अमेरिकी डलरमा चित्त बुझायो। नेपाली टीमका निशा कोइराला र कविता केसीले निर्धारित सयम र थप समयमा हानेको गोलका अवसर भारतीय गोलकिपर नेहाले असफल पारिदिएकी थिइन्।
विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष नारायण कार्की, नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुन, उपाध्यक्ष खेम गुरुङ, सशस्त्र प्रहरी बल कालिका गणका निमित्त प्रमुख डीएसपी हस्तबहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने, सिङ्गापुर पुलिस पञ्जा गुरुङले शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सोही अवसरमा सेभेन–ए–साइड फुटबल विकास, विस्तार र प्रवद्र्धनका साथै खेलकुद पत्रकारितामार्फत समग्र खेल क्षेत्रलाई जनमानसमा सुसूचित गराएकोमा योगदानको कदर गर्दै खेलकुद पत्रकार प्रेमनारायण न्यौपानेलाई सम्मान गरिएको थियो। पत्रकार न्यौपानेलाई प्रमुख अतिथि राईले सम्मानपत्र तथाा महासङ्घका अध्यक्ष नवीन पुनले दोसल्ला ओढाएर सम्मान गरेका थिए। त्यस्तै नेपाल पत्रकार महासङ्घ कास्कीको पोखरा–७ पार्दीस्थित पुनरावेदन अदालतपछाडि निर्माणाधीन भवनको सहयोगार्थ महासङ्घका अध्यक्ष नवीन पुनले पत्रकार महासङ्घका अध्यक्ष नारायण कार्कीलाई १० हजार एक सय ११ रूपैयाँ हस्तान्तरण गरेका थिए।यसै गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले महासङ्घलाई सहयोगस्वरुप १५ हजार प्रदान गरेका थिए भने प्रमुख अतिथि राईले प्रथम हुने टीमलाई खसी उपलब्ध गराउने घोषणा गरेका थिए।महासङ्घका अध्यक्ष नवीन पुनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार डीबी नेपालीले पनि बोलेका थिए। मङ्सिर ४ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा पुरुषतर्फ पाँचवटा देश तथा महिलातर्फ तीनवटा देशको सहभागिता रहेको थियो।सो अवसरमा प्रतियोगिता सफल पार्न सहयोग पु¥याउने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %