लडाकू समायोजन नगरे माओवादी समाप्त हुन्छ

Read Time:1 Minute, 20 Second

लहान, ९ मङ्सिर 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले लडाकू व्यवस्थापन नगरे एनेकपा (माओवादी) आफैँ समाप्त भएर जाने बताएकी छन्

    नेपाल प्रेस युनियन सिरहा शाखाको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गरेपश्चात् लहानमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री कोइरालाले भन्नुभयो– एनेकपा (माओवादी)ले समयमै लडाकूको व्यवस्थापन गरेन भने देश ठूलो दुर्घटनामा पर्नेछ ।

    प्रधानमन्त्रीको उम्मेदवारीबारे आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री कोइरालाले एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिएपनि तर रामचन्द्र पौडेलको उम्मेदवारी भने कायम नै रहने बताइन  ।
    
संसद् अधिवेशन टुङ्ग्याइएकामा नेपाली काँगे्रसका सभापति सुशील कोइराला रिसाउनु भएको छ नि भन्ने प्रश्नमा उहाँले यसबारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %