छैटौँ विस्तार बैठकमा आ–आफ्नो धारणा राख्नेक्रम जारी

Read Time:1 Minute, 56 Second

गोरखा (पालुङ्टार), ९ मङ्सिर 

एकीकृत नेकपा (माओवादी) का विभिन्न राज्य समिति सदस्यहरूले छैटौँ विस्तारित बैठकमा आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।

    सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको फरकफरक राजनीतिक प्रस्तावमाथि राज्य समिति सदस्यहरूले आ–आफ्नो तर्पmबाट धारणा राख्नेक्रममा अहिलेसम्म १६ वटा राज्य समितिका टोली नेताले बोलिसकेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म सेती–महाकाली, कोचिला, मिथिला, किरात, मगरात, विदेशब्युरो, विशेषब्युरोलगायतका तीन÷तीन जना र केही स्वतन्त्र प्रतिनिधिले आ–आफ्नो धारणा राख्दै तीनवटा प्रस्तावलाई मिलाएर एउटै दस्तावेज बनाउन जोड दिइरहेका छन् ।

    उनीहरूलाई हिजोसम्म प्रतिव्यक्ति १०÷१० मिनेट समय दिएको थियो भने बैठक लम्बिनसक्ने भएकाले सो समय छोट्याएर आजदेखि पाँच÷पाँच मिनेट मात्र बोल्न दिइएको छ ।

    प्रवक्ता शर्माले सकभर आज नै तीनवटै प्रस्तावमाथि राज्य समिति सदस्यका टोली नेताहरूले धारणा राख्नेक्रम सकिने बताए ।

    उनीहरूले धारणा राखेपछि फेरि प्रतिवेदन प्रस्तोता अध्यक्ष र उपाध्यक्षद्वयले स्पष्टीकरण दिनुहुने बुझिइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %