गाँजासहित चारजना पक्राउ

Read Time:1 Minute, 9 Second

बागलुङ, ९ मङ्सिर 

जिल्ला प्रहरी कार्यालय, बागलुङले गएराति गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

    बागलुङ नगरपालिकास्थित चिप्लेटी बसपार्कमा गस्तीमा गएको प्रहरी टोलीले तनहुँ धारापानीका १९ वर्षीय रामबहादुर विक, स्याङ्जा बयरघारीका १९ वर्षकै विधान गुरुङ, कास्की उपमहानगरपालिका–१७ बस्ने कृष्ण कुँवर र २८ वर्षीय सुरेश कुँवरलाई एकपोका गाँजासहित पक्राउ गरेको हो ।

सो गाँजा व्यक्तिगत प्रयोजनका लागि ल्याएको भए पनि कानुनले बन्देज लगाएको काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होवीन्द्र बोगटीले बताउनुभयो ।

त्यसैगरी प्रहरीले गएराति करिब साढे ११ बजे नै मादकपदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %