प्रहरीद्धारा महोतरीमा गाजा खेती फडानी

Read Time:1 Minute, 8 Second

जलेश्वर,८ मंसिर ।
महोत्तरीमा गाँजाको फडानी शुरु गरिएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको गाँजाखेती नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले फडानी शुरु गरेको छ । हालसम्म २५ विघामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । अझै ती क्षेत्रको सय भन्दा बढी विग्हा खेतमा गाँजाको बोट बाँकि नै छ ।
सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी बलका उपरीक्षक जनक बोहराले गाँजाखेतीरहित जिल्ला नभएसम्म फडानी कार्य जारी रहने बताउनुभयो । नेपाल र सशस्त्र प्रहरीका क्षेत्रीय कार्यालयबाट पटक पटक पत्राचार गर्दा मात्र जिल्लामा सुरक्षानिकाय गंभीर भएका छन् । एक दशक भन्दा बढीदेखि यस क्षेत्रका बासिन्दाले निरन्तर लागूऔषध गाँजाको खेती गर्दै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %