नेपाललाई वकसिङमा कास्यपदक

काठमाडौँ, ८ मङ्सिर 

 चीनको ग्वाङ्झाउमा सञ्चालित १६ औँ एसियाडमा नेपालका वक्सिङ खेलाडी दीपक महर्जनले कास्य पदक प्राप्त गरेका छन् ।

 सेमिफाइनलमा भारतीय खेलाडी दिनेश कुमारसँग पराजीत भएपछि उनी कास्य पदकमा सीमित हुन पुगे ।

दीपक यसपटकको एसियाडमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बनेका छन् ।

रासस