शान्ति प्रकृया टुंगोमा लैजान म्याकेजमा कार्यक्रम ल्याउँछौ :प्रचण्ड

Read Time:1 Minute, 44 Second

गोरखा (पालुङटार), ७ मङ्सिर 

 एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तारित बैठक सकिएपछि शान्तिप्रक्रिया, संविधान लेखन, सेना समायोजन तथा पुनःस्थापनालगायतका विषयलाइ सम्बोधन गर्नका लागि प्याकेजमा कार्यक्रम ल्याउने बताएका छन्

 आज यहाँ संयुक्त राष्ट्रसङ्घअन्तर्गत सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी राष्ट्रसंघीय कार्यटोलीका प्रमुख क्लाउड हेलरलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सो कुरा राख्नु भएको एमाओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले सञ्चारकर्मीलाइ जानकारी दिए । 

कार्यटोलीले प्रक्रिया, सेना समायोजन तथा पुनःस्थापना र शिविर व्यवस्थापनका विषयमा जिज्ञासा राखेको थियो ।
 
भेटमा संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन करिन ल्यानग्रेन पनि सहभागी थिए  ।

 सो कार्यटोलीले एमाओवादी सेनाका कमान्डरहरु वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा र चन्द्रप्रकाश खनालसँग पनि शिविर व्यवस्थापनका कमी कमजोरीका सम्बन्धमा जानकारी लिइने बताएको छ ।

 सो भेटघाट एमाओवादी अध्यक्ष प्रचण्डको अस्थायी निवास ठाँटीपोखरीमा भएको थियो ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %