लिम्वुवानद्धारा मेची–कोसीमा यातायात बन्द

 भद्रपुर, ७ मङ्सिर

आफ्ना कार्यकर्ताको रिहाइ तथा प्रहरीमाथि कारबाहीको माग गर्दै लिम्बुवान सम्बद्ध सङ्घीय लोकतान्त्रिक पार्टीको आह्वानमा मेची र कोसी अञ्चलमा यातयातसेवा बन्द भएकोे छ ।

 उक्त पार्टीले आह्वान गरेको बन्दका कारण महेन्द्र राजमार्ग, कोसी राजमार्गका साथै सहायकमार्गमा सार्वजनिक यातायातका सेवा ठप्प भएको छ । बन्दका कारणले सयौँ यात्री अलपत्र परेका छन् ।
 तीन साताअघि मोरङको बयरवनबाट लिम्बुवानका दुईजना कार्यकर्ता पक्राउ परेका थिए । उक्त पार्टीले पक्राउ परेका कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग गरेको छ ।

 रासस

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %