राजनीतिक दलहरु माओवादी एजेन्डामा विलिन भए : कमल थापा

Read Time:1 Minute, 7 Second

पाल्पा, ७ मङ्सिर 

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादीलाई तत्कालीन अवस्थामा हतियार उठाउनका लागि राजाले बाध्य नपारेको बताएकाछन ।

राप्रपा नेपालले पाल्पाको तानसेनमा आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुको कारणले नै माओवादीले हतियार उठाएको आरोप लगाए ।

अहिले नेपालका सबै राजनीतिक दलहरु माओवादी एजेन्डामा विलिन भएको आरोप पनि अध्यक्ष थापाले लगाए ।

उनले सबै राजनीतिक दलहरु माओवादीले तय गरेका एजेन्डाहरुमा नै विलिन भएकाले माओवादीको विकल्प राप्रपा नेपालमात्रै भएको दाबीसमेत गरे ।

माओवादीसँग राष्ट्रियताको बारेमा मत मिले पनि व्यवहारमा भने आशङ्का रहेको थापाको भनाइ थियो । रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %