मध्यमस्र्याङ्दी पूर्ण रुपमा बन्द

Read Time:1 Minute, 54 Second

लमजुङ, मंसिर ७
नियमिति सफा र मर्मतका लागि मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।
७० मेगावाट क्षमताको परियोजनामा जडित २ वटा टर्वाइन मध्ये ३५ मेगावाट क्षमताको युनिट ‘बी’ आजदेखि बन्द भएको हो । ३५ मेगावाट क्षमताको युनिट ‘ए’ एकसतादेखि बन्द छ ।
युनिट ‘ए’ एकसातापछि संचालनमा आउने र युनिट ‘बी’ २ सातापछि मात्रै संचालनमा आउने मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ । मंसिर १३ देखि पुनः एउटा टर्वाइन बन्द गरी एउटा टर्वाइन सञ्चालन गरिने मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ । मंसिर २० गतेदेखि पुनः दुइवटै टर्वाइन संचालन गरि परियोजनाबाट पूर्ण रुपमा विद्युत उत्पादन गरिने जलविद्युत केन्द्रका प्रमुख महेन्द्र अधिकारीले जानकारी दिएकाछन् ।
  परियोजनाकोे निर्माण हुँदाको सम्झौता अनुरुप टर्वाइनको नियमित मर्मत गरिएको हो । जर्मनी कम्पनी मेकानिकल र अष्टे«लियाको भिइटेक कम्पनीले हाइड्रोलोजिकल मर्मत गरिरहेको मध्यमस्र्याङ्दी केन्द्रले जनाएको छ । मर्मत कार्यमा नेपाल प्राधिकरणले आर्थिक भार बेहोर्नु पर्ने छैन ।
मध्यमस्र्याङ्दीको नियमित सफा र मर्मतका कारण देशमा साताको झण्डै २९ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %