प्रहरीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको विरोधमा परासीका शैक्षिक संस्था बन्द

Read Time:1 Minute, 7 Second

 

परासी, ७  मङ्सिर

प्रहरीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको विरोधमा परासी क्षेत्रका सम्पूर्ण शैक्षिक स्ांस्था बन्द भएका छन् ।

ट्राफिक प्रहरीले गत शनिबार स्थानीय पाल्ही बहुमुखी क्याम्पसका विद्यार्थीलाई दुव्र्यवहार गरेको विरोधमा यहाँका शैक्षिक संस्था बन्द भएका हुन् ।

आन्दोलित विद्यार्थीले सार्वजनिक रूपमा प्रहरीले क्षमायाचना गर्नुपर्ने माग गरेका छन् । हिजो उनीहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले बसको छतमा बसेर यात्रा गरिरहेका विद्यार्थीलाई त्यसो नगर्न अनुरोध गरेको उल्लेख गर्दै उनीहरूमाथि कुनै किसिमको दुव्र्यवहार नगरेको स्पष्ट गरेको छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %