प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

Read Time:1 Minute, 27 Second

रुकुम ७ मंसिर
हिजो गस्तीमा गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने ३ जना प्रकाउ परेका छन् । बाँफीकोट इलाका प्रहरी कार्यालयवाट गस्तीमा गएको प्रहरी टोलीमाथि आक्रमण बाँफीकोट ५का स्थानीय मेघलाल पुन,रणवहादुर पुन र गोरखवहादुर विष्ट सोमवार प्रकाउ परेका हुन । आइतवार राती करिव १२ वजेतिर सोही गाउँको गस्तीवाट फर्केर इलाका प्रहरी कार्यालय तिर आउँदै गर्दा आक्रमण भएको थियो । आक्रमणवाट प्रहरी जवान वावुलाल आलेको टाउकोमा चोट लागेको छ । घाइते प्रहरी जवान आलेलाई जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याइएको छ । गस्तीवाट फर्कदैँ गर्दा बाँफीकोट गाविसको काँडा गाउँमा स्थानीय मेघलाल पुनको नेतृत्वमा आएको समूहले आक्रमण गरेको प्रहरी जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले वताए । गौडा कुरेर वसेका उनिहरुले काँडागाउँ पुग्ने वित्तिकै एक्कासी आक्रमण गरेको प्रहरी निरीक्षक पौडेलको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %