दुर्घटनामा २ पत्रकार सहित ३ घाईते

Read Time:1 Minute, 34 Second

मंसीर ७,पालुङ्गटार गोरखा

माओवादी विस्तारित बैठकको समाचार संकलनका लागि पालुङ्गटार जाँदै गरेका पत्रकार चढेको जीप मंगलवार बिहान दूर्घटनामा परेको छ ।

 एबिसी टेलिभिजनका पत्रकार चढेको जिप र ठाँटीपोखरीबाट काठमाण्डौं जाँदै गरेको वस तनहुँ भानु ५ को भन्सार रातोमाटेमा  ठोक्किदा २ पत्रकार सहित ३ जना घाइते भएका छन् । दुर्घटनामा ए बि सी टेलिभीजनका पत्रकार विनय भुषाल, मनोज घर्तिमगर र चालक पुर्ण श्रेष्ठ घाईते भएका हुन् । घाइतेमध्ये पुर्ण र मनोजको लक्ष्मी सामुदायीक अस्पताल डुम्रेमा र विनयको डुम्रे सामुदायीक अस्पतालमा उपचार गरिएको छ । 

ए बि सी टेलिभिजनका पत्रकार चढेको बा ६ च ५०६७ नम्बरको जिप र ठाँटीपोखरीबाट काठमाण्डौ जादै गरेको ना ३ ख ६६२८ नम्बरको मारती भ्यान मंगलवार बिहान ८ वजेतिर ठोक्किएका हुन् । साँघुरो सडकको मोडमा दुई सवारी ठोक्किएका इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । दुबै सवारी साधनलाई प्रहरी कार्यालय डुम्रेले नियन्त्रणमा लिएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %