ट्याङ्की फुटेर एक विघा धानवाली नष्ट

Read Time:1 Minute, 18 Second

राकेश चौधरी
जलेश्वर,७ मंसिर
महोत्तरीकोे रजखोरमा रहेको खानेपानी ट्याङ्की फुट्दा एक विग्हामा लगाइएको धानबाली नष्ट भएको छ ।
दु्ई हजार लिटर पानी अट्ने क्षमता रहेको जीर्ण ट्याङ्की आज दिउँसो फुटेपछि गौशाला–माइस्थान सडक खण्डमा १२ फिट गहिरो खाल्डो बनेको छ । त्यहाका तीन सय परिवार पानीका लागि यही ट्याङ्कीमा आश्रित रहेका थिए । गौशाला खानेपानी संस्थानले उपभोक्ताबाट पानीको महसुल उठाउँदै आएको थियो ।
समयमै ट्याङ्की मर्मत नगरेकै कारण एकबर्षदेखि पानी चुहिने समस्या थियो । ट्याङ्कीको आयु मात्र २० बर्ष रहेपनि तीन बर्ष बढी चल्दा भत्किएको उपभोक्ता समितिका अध्यक्ष मनोज गुप्ताले बताए । रजखोरमैे तीन हजार पाँच सय लिटर पानी राख्ने क्षमता भएका अधुरो ट्याङ्की नबनेसम्म उपभोक्ताहरुलाई निकै सास्ती भोग्नुपर्ने भएको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %