कलाकार भुटानीको निधन

 काठमाडौँ, ७ मङ्सिर

कलाकार गोपाल भुटानीको आज बिहान ११ बजे उपचारका क्रममा जनमैत्री अस्पताल, बालाजुमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

 उनी  लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । अहिले स्वर्गीय भुटानीको शवलाई अस्पताल परिसरमै राखिएको र कलाकारहरु उनीप्रति श्रद्धाञ्जलि दिन आइरहेको अस्पताल स्रोतले बताएको छ ।

 उनको बौद्ध परम्पराअनुसार आजै अन्त्येष्टि गरिनेछ ।

 करिब पाँच दशकदेखि नेपाली चलचित्रमा अभिनय गर्दै आउनुभएका भुटानी द्वन्द्व निर्देशकका रुपमा चर्चित  थिए  ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %