अपहरण गर्ने गिरोह पक्राउ

Read Time:2 Minute, 14 Second

राजविराज ७ मङ्सिर

सप्तरी प्रहरीले मङ्गलबार राजविराजमा बालक अपहरण गर्ने एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको गोप्य सूचना र सुराकीका आधारमा पक्राउ परेका चारजनालाई मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

 पक्राउ पर्नेमा सप्तरीको अर्नाहा–१ का जयप्रकाश चौधरी र महिनारायण चौधरी तथा बनौली–७ का सुरेशकुमार चौधरी र लल्कु चौधरी रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एकथान ल्यापटपसमेत बरामद गरेको छ । बरामद गरिएको ल्यापटप सभासद् रमणी रामको घरबाट केही महिनाअघि लुटिएको जानकारी प्रहरीले दिएको छ ।

उनीहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान थालिएको प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिएकाछन्  ।

 दुई दिन अघिमात्र सभासद् रमणी रामका पति भोला रामलाई अपहरण गरी लुटपाट गर्ने गिरोहको मुख्य नाइके मैनाकडेरी–५ का काशिन्द्र यादवलाई लुटिएको कम्प्युटरसहित प्रहरीले पक्राउ गरेको थियो ।

सप्तरी जिल्ला अदालतले यादवलाई सोमबार पुर्पक्षका लागि कारागार पठाएको छ ।

 उनीहरुको समूहले नाबालकलाई ललाइफकाइ बोलाएर अपहरण गरी भारत पु¥याउने गरेको सप्तरीका प्रहरी निरीक्षक साहले बताए ।

 अपहरणकारी समूह पक्राउ परेपछि प्रहरीले अपहरित बालक जनककिशोर चौधरीको समेत उद्धार गरेको छ ।

राजविराज–६ स्थित देवकी बाल विद्या मन्दिरमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालक जनककिशोरलाई भारतको लौकही जिरो माइल नजिकबाट सकुशल मुक्त गराउन सफल भएको प्रहरीको भनाइ छ ।

रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %