शिक्षकले अभिभावक कुटेपछि विद्यालय बन्द

Read Time:1 Minute, 58 Second

शिक्षकले अभिभावक कुटेपछि विद्यालय बन्द

 मकवानपुर, ६ मङ्सिर । प्रधानाध्यापक र शिक्षकले पटकपटक अभिभावकलाई कुटपिट गरी तनाब सिर्जना गरेपछि मकवानपुरको राक्सिराङ–४ स्थित कालिका निम्नमाध्यमिक विद्यालय बन्द भएको छ ।

 प्रधानाध्यापक सुजनकुमार मुक्तान र शिक्षक डिल्लीप्रसाद स्याङ्तानले गाउँलेहरूलाई मादकपदार्थ सेवन गरी मरणासन्न हुने गरी कुटेपछि विद्यालय बन्द भएको हो ।

 तिहारपछि विद्यालय नखुलेको स्थानीय बासिन्दाले बताएका छन् । आफैमाथि जाइलाग्ने शिक्षकसँग डराएर अभिभावकले विद्यार्थीलाई विद्यालय नपठाएपछि विद्यालय बन्द भएको थियो ।
 
 शिक्षकहरूको लापर्वाही हट्नुपर्ने र विद्यालयमा शान्तपूर्ण पढ्न पाउने माग गर्दै केही विद्यार्थीले विद्यालयमा ताला समेत लगाइदिएको स्थानीय बासिन्दाले बताए ।

 विद्यालय बन्द भएपछि विद्यार्थीहरू गोठालो गएर दिन बिताउने गरेका छन् भने विद्यालयका कक्षाकोठा तास खेल्ने अखडा बनेको बताइएको छ ।

  विद्यालय खुलाउनेतर्फ विद्यालय व्यवस्थापन समिति तथा शिक्षा कार्यालयले कुनै पहल नगरेको भन्दै राक्सिराङका स्थानीय बासिन्दाले बालबालिकाको भविष्यमाथि खेलवाड भइरहेको आरोप लगाउँदै शान्तिपूर्ण वातावरणमा विद्यालय सञ्चालन हुनुपर्ने माग गरेका छन् ।

  

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %