तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

Read Time:1 Minute, 32 Second

भक्तपुर, ६ मङ्सिर

अरनिको राजमार्गखण्ड अन्तर्गत मध्यपुर थिमीको चारदोबाटोमा गएराति तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

  सल्लाघारी गठ्ठाघरतर्फ जाँदै गरेको बा ३ च ६१५२ नम्बरको टाटा मोबाइल गठ्ठाघरबाट बनेपातर्फ जाँदै गरेको बा ३२ प ४४५९ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको र टाटा मोबाइलको पछाडि आइरहेको बा २१ प ६२६१ नम्बरको मोटरसाइकल समेत टाटा मोबाइलमा ठोक्किएर दुर्घटना भएको थियो ।

 दुर्घटनामा घाइते तीनजनामध्ये बा३प ४४५९ को मोटरसाइकलमा सवार पनौती नगरपालिका–५ काभ्रेका सुरज श्रेष्ठ र निरज श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।

  घटना लगत्तै घाइतेको नागरिक अस्पताल गठ्ठाघरमा उपचार हुन नसकेपछि न्यूरो अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि अन्नपूर्ण अस्पताल अनामनगरमा उपचारकै क्रममा सुरजको राति नै र निरजको आज बिहान मृत्यु भएको हो ।

 अर्का एक सामान्य घाइते भने हिजै घर फर्किसकेका छन् । प्रहरीले तीनवटै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %