जिल्ला प्रहरी कार्यालय भित्रै विद्यार्थीद्धारा नवलपरासीमा प्रदर्शन

Read Time:1 Minute, 49 Second

परासी, ६ मङ्सिर 

 नवलपरासीमा प्रहरीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको जनाउँदै विद्यार्थीले आज जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

 ट्राफिक प्रहरीले विद्यार्थी चढेको गाडीमा हातपात गरी दुव्र्यवहार गरेको जनाउँदै विद्यार्थीले जिल्ला प्रहरी कार्यालयको मूलद्वारमा विरोध प्रर्दशन गरेका  हुन् ।

 पाल्ही बहुमुखी क्यापसका विद्यार्थीको अगुवाइमा गरिएको विरोध प्रदर्शनमा दुई घन्टासम्म जिल्ला प्रहरी कार्यालयको मूलद्वारमा प्रदर्शन गरी घेराउसमेत गरेका थिए ।

 गत शनिबार पाल्ही बहुमुखी क्यापसका विद्यार्थी मौलाकालिकामा  पिकनिक गई फर्कने क्रममा जिल्लाको कावासोतीमा ट्राफिक प्रहरीले उनीहरु चढेको गाडी रोकी दुव्र्यवहार गरी सवारीसाधन केही समय नियन्त्रणमा लिएको विद्यार्थीको अरोप छ ।

 प्रहरीले गरेको यस गल्तीको ट्राफिक प्रहरीले विद्यार्थीसमक्ष माफी माग्नु पर्ने अन्यथा थप आन्दोलन गर्ने जनाइएको छ ।

 तर यसबारे जिल्ला प्रहरी कार्यालयले भने उनीहरुमाथि दुव्र्यवहार नगरी विद्यार्थी बसको छतमा बसी यात्रा गरेकाले उक्त सवारीसाधनलाई केहीबेर नियन्त्रणमा लिई छाडिएको प्रतिक्रिया दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %