माओवादीको बिस्तारित बैठक लम्बिने

Read Time:1 Minute, 56 Second

गोरखा,पालुङटार, ५ मङ्सिर
  एकीकृत नेकपा माओवादीको विस्तारित बैठक केही दिन लम्बिने बताइएको छ । आज बिहान यहाँ बसेको स्थायी समिति बैठकले विस्तारित बैठक सकेसम्म पाँच दिनभित्र सक्ने निर्णय गरेको छ ।  सो बैठकले विस्तारित बैठकलाई तीनसत्रमा सम्पन्न गर्ने योजना बनाएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जनाए ।

    उनका अनुसार आज केन्द्रीय समिति बैठक बसेपछि विस्तारित बैठकको उद्घाटनसत्र सुरु हुनेछ भने विस्तारित बैठकको बन्दसत्र भोलिदेखि सुरु हुनेछ ।  बैठक सकिएपछि समापनसत्र सुरु हुनेछ । सो सत्रका बेला केन्द्रीय नेतृत्वले स्थानीय जनसमुदायलाई सम्बोधन गर्नेछन् ।

    यसैगरी स्थायी समितिले बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा बाबुराम भट्टराईले तयार पारेको राजनीतिक प्रस्तावलाई विस्तारित बैठकका लागि छलफल गरिने निर्णय गरेको छ ।  सो छलफलमा राज्य समितिका करिब छ हजार सदस्यले आ– आफ्नो सुझाव दिन पाउने प्रवक्ता शर्माले जानकारी दिए ।

    यसैबीच उनले विस्तारित बैठकमा जनसेनाका सदस्यहरू उपस्थित नभएको बताए । यसैगरी केन्द्रीय समितिको बैठक केहीबेर अघि सुरु भएको छ । सो बैठकले स्थायी समिति बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %