बाघ सम्मेलनमा भाग लिन प्रधानमनत्री रुस उडे

Read Time:1 Minute, 46 Second

  
    काठमाडौँ, ५ मङ्सिर
 

रुसी प्रधानमन्त्री भ्लादिमीर पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा रुसको सेन्ट पिटरवर्गमा यही मङ्सिर ६ देखि ८ गतेसम्म हुने अन्तर्राष्ट्रिय बाघ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल आज राति त्यसतर्फ उडे ।

यो सम्मेलनमा बाघ पाइने विश्वका १३ मुलुक, थुप्रै दाता राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले भाग लिँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेपालले मङ्सिर ८ गते रुसी प्रधानमन्त्री पुटिनसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    उनले बैठकमा सहभागी हुने अन्य मुलुकका सरकार प्रमुखहरूका साथै विश्व बैंकका अध्यक्ष रबर्ट जोयलिकसँग पनि भेटघाट गर्नेछन् । प्रधानमन्त्री नेपालसँगै उनका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका वरिष्ठ पदाधिकारीहरू भ्रमणमा संलग्न छन् ।

    वन तथा भू–संरक्षण मन्त्री दीपक बोहराले नेतृत्व गरेको छुट्टै मन्त्रिस्तरीय प्रमण्डल र रुसका लागि नेपाली राजदूत सूर्यकिरण गुरुङ रुसमा प्रधानमन्त्री नेपालको टोलीमा सामेल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %