तमु ह्युल छोंज धी रुपन्देहीमा चन्द्र गुरुगं निर्वाचित

Read Time:2 Minute, 13 Second

 
रुपन्देही मंसीर ५
 तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देहीको ८ औं जिल्ला अधिवेशनले  चन्द्र बहादुर गुरुङ्गलाई  अध्यक्ष निर्वाचित गरेको छ । अध्यक्ष चन्द्र बहादुर गुरुङले २४१ मत प्राप्त गरि विजयी भएकाहुन् ।  उनकाक प्रतिद्धन्दी एक बहादुर गुरुङले ९२ मत प्राप्त गरेकाथिए । अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएकाछन् ।  समितिको उपाध्यक्षमा धन प्रसाद गुरुङ्, सचिवमा राजु गुरुङ्, कोषाध्यक्षमा पूर्ण बहादुर गुरुङ्, संगठन सचिवमा प्रेम गुरुङ्, प्रचारप्रसार सचिवमा सपना गुरुङ्
र सह–कोषाध्यक्षमा टिक प्रसाद गुरुङ् चयन भएकाछन्  । अन्य सदस्यहरुमा बिमला गुरुङ, दिपक गुरुङ, समशेर गुरुङ, भिम बहादुर गुरुङ र बुद्ध गुरुङ रहेकाछन् । अन्य ३ जना सदस्यहरु पछि मनोनित गर्ने अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष चन्द्र बहादुर गुरुङले अवका दिनमा संस्थामा यूवा, महिलाहरुलाई समेटदै अगाडि बढने बताए । सोही अवसरमा गुरुङले  ,गुरुङ जातिमा रहेका विकृतिहरुलाई
हटाउदै जातिय सस्कार, सस्कृति तथा भाषालाई बचाउदै गाउ स्तरबाट संस्थालाई मजबुत बनाउदै लैजाने वचन वद्धता व्यक्त गरे ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष टेक बहादुर गुरुङको सभापतित्व र महासचिव रेशम गुरुङको प्रमुख आतिथ्यता र सपना गुरुङको संचालनमा अधिवेशन सम्पन्न भएको थियो ।
गोविन्द घर्ति देवदह
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %