सहमतिविपरीत बजेट आएकाले पतिपक्षको भुमिका मात्र खेलेका हौ :माओवादी नेता श्रेष्ठ

Read Time:2 Minute, 57 Second

    काठमाडौँ, ४ मङ्सिर

 सरकारको असंवैधानिक, अलोकतान्त्रिक र संविधानको धारा ९६ क को आवरणमा धारा ९३ अनुसार सहमतिविपरीत पूर्ण बजेट आएका कारण शुक्रबार अर्थमन्त्रीले संसदमा बजेट पेस गर्दा कडा विरोध दर्शाएको एनेकपा माओवादीले जनाएको छ ।

    एनेकपा माओवादीले आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सहमति उल्लङ्घन गरेर बजेट ल्याउन खोजिएकाले पार्टीले संसदको वेल घेर्ने औपचारिक निर्णय गरेको   जानकारी दियो ।

तर सो क्रममा जुन घटना भयो त्यो सामान्य घटना थियो र त्यो सरकारकै कारण भयो । – नेकपा माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले भने  ।

    सरकारले ल्याउन लागेको बजेटबारे आफ्ना असहमति कार्यव्यवस्था समितिको बैठकमा र तीन दललाई पनि जानकारी गराएको एनेकपा माओवादीको भनाइ छ ।

    “त्यस्तो दुःखद घटनाको अवस्था सिर्जना नभएको भए हुन्थ्यो । त्यो सरकारको कारण घटेको हो । हामी यो घडीमा  शान्तिप्रक्रिया कार्यान्वयन, संविधान लेखन र राजनीतिक गतिरोधको अन्तका लागि आव्हान गर्छौ ।” – उपनेता श्रेष्ठले भने ।

    उनले संसदको वेल घेराउ पार्टीको औपचारिक निर्णय भएको र वेल घेराउ छिचोलेर अर्थमन्त्री बजेट प्रस्तुत गर्न जाँदा रोक्ने काम भएको र सो क्रममा संसदमा सामान्य धकेलाधकेल भएको पनि उपनेता श्रेष्ठले बताए ।
उपनेता श्रेष्ठले अलोकतान्त्रिक असंवैधानिक काम गर्ने सरकार र मन्त्रीमाथि  कारबाही हुनुपर्ने र सभामुखले संयमित भएर बोल्नुपर्ने बताए  ।

    सरकारले संसद चलिरहेको अवस्थामा अत्यन्त अलोकतान्त्रिक ढङ्गले अध्यादेश ल्याउन खोजेको प्रयाशप्रति उहाँले कडा आपत्ति पनि जनाए ।

     व्यवस्थापिका संसदमा शुक्रबार भएको घटनामा माओवादीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दे नेता श्रेष्ठले शान्ति प्रक्रिया कार्यान्वयन, संविधान लेखन, नयाँ सरकार निर्माण र वर्तमान राजनीतिक गतिरोध अन्तका लागि सबै राजनीकि दलहरु मिलेर जानुको विकल्प नरहेको पनि नेता श्रेष्ठको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %