सरकारमा जान नपाएपछि माओवादी आक्रमणमा उत्रियो : विजुक्छे

Read Time:1 Minute, 40 Second

    भक्तपुर, ४ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एकीकृत नेकपा (माओवादी) सरकारमा जानकै लागि आक्रमणमा उत्रिएको बताएकाछन्   ।

    आज भक्तपुरमा प्रभात उच्च माविले आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसद्मा बजेट प्रस्तुत गर्दा हिजो भएको झडपमा ठूला तीन दल नै दोषी रहेको बताउँदै उहाँले तीन दलको निर्णय एउटा र व्यवहार अर्को गरी छलछाम गरेकाले यस्तो परिणाम आएको बताए ।

    ठूला तीन दलका शीर्ष नेताहरुलाई ठूला काजीको सज्ञा दिँदै उनले सामन्तवादको विरोध गरेर प्रजातन्त्र ल्याए पनि सामन्ती सोच त्याग्न नसकेको आरोप लगाए  ।

    माओवादी विस्तारित बैठकमा लडाकू सहभागी हुने विषयमा बोल्दै उनले सरकारी तलब खाने कर्मचारीले एमाले, काँग्रेस र माओवादीको झण्डा बोकेर कार्यक्रममा जान हुन्छ भने सरकारी तलब खाने लडाकूले पनि माओवादी बैठकमा जान हुने बताए ।

    अध्यक्ष विजुक्छेले सरकारी तलब खाएर बसेका कर्मचारीले पार्टीको प्रचारमा जान छोडेमात्रै लडाकू माओवादी बैठकमा जान नमिल्ने तर्क प्रस्तुत गरे ।

 

 

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %