राष्ट्रपति र माओवादी अध्यक्ष दाहाल वीच भेटवार्ता

Read Time:1 Minute, 36 Second

काठमाडौँ, ४ मङ्सिर 

राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ ।

    भेटमा उहाँहरुबीच शान्ति प्रक्रिया र संविधान लेखन अगाडि बढाउने सिलसिलामा दलहरूबीच सहमतिका लागि भइरहेको पछिल्ला प्रयासबारे छलफल भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा आफ्नो पार्टीको भोलिदेखि गोरखाको पालुङ्टारमा हुने विस्तारित बैठक सफलताको शुभकामना दिन र समसामयिक विषयमा छलफल गर्न राष्ट्रपतिले आफूलाई बोलाउनुभएको अध्यक्ष प्रचण्डले जानकारी दिए  ।
    
    अध्यक्ष प्रचण्डले भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारले संविधान मिच्नुका साथै सहमति तोडेकाले संसदमा हिजोको घटना भएको वताए ।  

    उनले  काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउन आफ्नो पार्टीले सहमति नदिएको बताउँदै आफ्नो पार्टीले हिजो संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरेको पनि दाबी गरे  

    उनले  संसदीय प्रणालीमा यस्ता घटनाहरू भइरहने प्रतिक्रिया दिँदै सरकारलाई सचेत भएर प्रस्तुत हुन आग्रह गरे । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %