राष्ट्रपतिलाई पुनः बिवादमा तानियो : थापा

Read Time:3 Minute, 58 Second

नेपालगन्ज, ४ मंसिर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कामचलाउ सरकारको सिफारिसमा सदन बन्द गर्नुले राष्ट्रपतिको भूमिकालाई विबादास्पद बनाएको वताएका छन्  
  उनले शनिबार नेपालगन्जमा पार्टीले आयोजना गरेको पर्टी प्रबेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो धारण व्यक्त गरेका हुन । ‘राप्रपा नेपालले पनि मुलकलाई आर्थिक संकटमा पर्ने गरी अनिर्णयको बन्दी बनाईनु हुदैन, त्यसैले बजेट ल्याईनु पर्छ । बजेट नआउदा सम्म विकास निर्माणदेखि शान्ति प्रकृया नै खलबलिने डर भएकोले हामी पनि भन्छौ बजेट ल्याउ तर, ‘चोरबाटो’ बाट भने होईन ।’
 उनले राजिनामा दिएर कार्यकारणी अधिकार नै गुमाई सकेको सरकारलाई क्याविनेटको बैठक बस्ने नीतिगत प्रभाव पर्ने खालका निर्णय गर्ने तथा बजेट ल्याउने जस्ता कुनै पनि कार्य गर्ने संवैधानिक अधिकार नहुने कुरामा जोड दिदै उनले भने–‘ कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार नै नभएको ठाँउमा आफैले राजिनामा स्वीकृत गरेको सरकारको सिफारिसमा सदन बन्द गर्नुले राष्ट्रपतिको भूमिका विवादित भयो ।’
 उनले शुक्रबार व्यवस्थापिका संसदमा घटेको घटना प्रजातान्त्रिक अभ्यास माथिको कालो धब्वा भएको बताउदै भने–‘मुलुकमा प्रमुख प्रतिपक्ष दलले असभ्य, अनैतिक र अमर्यादित ढंगबाट प्रस्तुत हुन्छ भने अरुको बारेमा के टिप्पणी गर्ने ?’ एकीकृत माओवादीले संसदमा घटाएको घटनालो लोकतन्त्र माथि नै प्रहार भएको उनको तर्क थियो ।
  राप्रपा नेपालका अध्यक्ष थापाले मुलुक चलाउने साँचो लिएको दावि गर्ने प्रमुख तीनदल तथा सत्ता साझेदारमा रहेका सहायक दलले प्रजातन्त्र र लोकतन्त्रमाथि यतिबेला भौतिक र राजनीतिक प्रहार गरी शान्ति प्रकृया र संविधान लेखनलाई ओझेलमा पारेको आरोप लगाए ।
  उनले सदन भित्रै अर्थमन्त्री र सभाषदमाथि कुटपिट तथा भौतिक आक्रमण हुनु भनेको प्रजातन्त्रको उपहास भएको भन्दै अराजक र असभ्य तरिकाले प्रस्तुत नहुन र माओवादीलाई सभ्यता सिक्न सुझाव दिए ।
  बर्तमान अवस्थामा दुई ध्रुवमा विभाजित  राजनीतिगत अवस्थमा उनले आफ्नो पार्टीले राजनीतिगत रुपमा एक ध्रुवको नेतृत्व गरेको दावि गर्दै राष्ट्रियता, नेपाल र नेपाली पहिचानको लागि राप्रपा नेपाल सदैव पहरेदारको रुपमा खडा रहने स्पष्ट पारे ।
 उनले पशुपति शम्शेरले नेतृत्व गरेको राप्रपा, सुर्यबहादुर  थापाको राष्ट्रिय जनशीक्त र आप्mनो पार्टीवीच एकताको लागि प्रयास भए पनि केही नेताको हठको कारण एकता हुन नसकेको खुलासा गरे ।
    उनले भने–‘हमीबीच धेरै कुरा नीति गत मिले पनि केही नेताका हठको कारणले एकतामा भाँजो हालेको छ । अहिले राजपा र राप्रपाबीचको एकिकरण त्यसैको परिणाम हो ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %