‘माओवादी दादागिरीको अगाडि नझुक्नु’ : सुशिल कोइराला

Read Time:2 Minute, 42 Second

देवदह मंसीर ४
 कुनै प्रकारको सर्वसत्तावाद नेपाली कांग्रेसलाई स्वीकार्य नहुने र प्रजातान्त्रिक पद्धतिमा माओवादी नआए उ आफै समाप्त हुने नेपाली कांग्रेसका सभापति शुसील कोइरालाले बताएकाछन् ।
 नेपाली कांग्रेसको भातृसंगठन नेपाल शिक्षक संघ रुपन्देहीको केरवानीमा आयोजना गरेको
२०४० सालमा सूर्यपुरा काण्डका सहिदका परिवार घाइतेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकाहुन्। कोईरालाले हात्तिवन, गोकर्ण र शान्ति मन्त्रालयमा बजेट सम्वन्धी गरेको सहमति विपरित माओवादीले संसदभित्र हातपात गरेकोमा आपत्ति जनाए । गरेका सहमति र समझदारी नमाानेमा माओवादी आफूले खनेको  खाल्डोमा आफै पर्ने चेतावनी समेत उनले दिए ।

विश्वले माओदीका गतिविधिलाई नियाली रहेको अवस्थामा माआवादीले आफनो अप्रजातान्त्रिक कार्यहरु बन्द गर्नु पर्ने उनको भनाई थियो । कोइरालाले माओवादीले आफ्ना कु्राहरु जनता सामु राख्न नसक्ने र राखे पनि जनताले नसुन्ने दावी गर्दै प्रजातान्त्रिक व्यवस्था नमाने माओवादी आफै समाप्त हुने उनको कथन थियो ।
कोइरालाले व्यक्तिलाई भन्दा पनि पार्टीलाई सर्वपरि ठान्नुपर्ने र योगदान, अनुशासन र
मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउने अठोट पनि ब्यक्त गरे । कोइरालाले अहिले दुःख भएपनि भावी सन्ततीले दुःख नपाओस भनेर कांग्रेसले सहमति, सहकार्य र समन्वयका काम गरिरहेको दावी गरे ।
सोही कार्यक्रमका विशेष अतिथि नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञवालीले माओवादीसंग अव डराउनु नहुने र जनताबाट उठेको कर प्रयोग गरेर जनतालाई नै मार्न नपाउने बताए । अध्यक्ष ज्ञवालीले माओवादीले हत्या गरेका नेपाल शिक्षक संघका कार्यकर्ताहरुलाई सम्मान गर्नूपर्ने र सबैले त्यसमा उचित सहयोग गर्नु पर्ने बताए ।

गोविन्द घर्ति 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %