माओवादीको व्यवहार उग्रवामपन्थी भड्काउको उपज : महासचिव पोखरेल

Read Time:1 Minute, 46 Second

चितवन, ४ मङ्सिर 

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा हिजो भएको घटना एकीकृत नेकपा (माओवादी) को अपरिपक्वता र उग्रवामपन्थी भड्काउको उपज भएको बताएका छन् ।

    प्रेस चौतारीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले माओवादीको उक्त गतिविधिबाट लोकतान्त्रिक पद्धतिको उपहास भएको उल्लेख गरे ।

    महासचिव पोखरेलले छापामार शैलीमा अर्थमन्त्रीमाथि हातपात गर्ने माओवादी सभासद्लाई तत्काल कारबाही गर्न सभामुखसँग आग्रह गर
। उनले भने–‘घटना निन्दनीय छ, कडा कारबाही हुनुपर्छ र छानबिन हुनुपर्छ ।

    बजेट ल्याउने प्रक्रियाप्रति असहमति भए त्यसको विरोध गर्ने अन्य उपायको अवलम्बन गर्नुको सट्टा हातपात गर्नुलाई द्वन्द्वकालको धङधङी अझै नसकिएको उनले टिप्पणी गरे  ।

    सहमतिका लागि प्रयास भइरहेका बेला माओवादीबाट भएको व्यवहारले सहकार्यलाई जोखिममा पारेको उल्लेख गर्दै महासचिव पोखरेलले इमान्दारीका साथ माओवादी प्रस्तुत भएमा सहमतिका लागि एमाले सधैँ तयार छ भने ।

    ‘आफंैले हस्ताक्षर गरेको सहमतिको मसी सुक्न नपाउँदै माओवादीबाट भएको
सो कार्यबाट उनीहरू शान्ति र संविधानप्रति प्रतिबद्ध छैनन् भन्ने कुराको पुष्टि हुन्छ’–उनको भनाइ थियो ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %