दुर्घटनामा परी मन्त्रीको हात भाचियो

पर्सा (वीरगञ्ज), ४ मङ्सिर 

भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान सवारी दुर्घटनामा परी घाइते हनुभएको छ ।

    काठमाडौँबाट बारास्थित आफ्नो घरतर्फ आइरहेको बेला उनी दुर्घटनामा परेकी हुन्  । उनको हात भाँचिएको छ ।  टेम्पोलाई ‘साइड’ दिने क्रममा जितपुर र परवानीपुरको बीचमा उनको गाडी दुर्घटनामा परेको हो ।    

    सहायकमन्त्री पासवानको वीरगञ्जस्थित एडभान्स मेडिकल सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले टेम्पो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %